मृत्युपश्चात् भत्ता लिएको छैन, हाम्रो परिवारको मानमर्दन गरियो: कर्म गुरुङ

कास्की | जेठ २६, २०८०

मृत्युपश्चात् भत्ता लिएको छैन, हाम्रो परिवारको मानमर्दन गरियो: कर्म गुरुङ

कास्की:   माछापुच्छ्रे गाउँपालिका निवासी एक व्यक्तिको मृत्युपछि पनि सामाजिक भत्ता बुझेको समाचार प्रकाशित भएपछि सम्बन्धित परिवारले दुख व्यक्त गरेका छन् । 

 

०७८ वैशाखको १३ गते कोराना संक्रमित खर्कबहादुर गुरुङको मृत्यु भएको थियो । त्यसयता मृतकको परिवारले निरन्तर सामाजिक भत्ता बुझ्दै आएको महालेखा परीक्षकको प्रतिवेदनमा देखिएपछि समाचार प्रकाशित भएको थियो । 

 

सोही समाचारमार्फत जानकारी भएपछि मृतकका छोरा कर्मले आपत्ति जनाएका छन् । ‘बुवाको मृत्युपछि हामीले उहाँको नामबाट सरकारको एक पैसा लिएका छैनौं’ आश्चर्यभावमा कर्म भन्छन् ‘बैंक र सम्बन्धित निकायको लापरवाहीले परिवारजन पीडित छौं ।’

 

उक्त खबर आएपछि कर्मले स्वयं मुक्तिनाथ विकास बैंक, हेमजामा गई बुझ्दा ५० हजार १३० रुपैयाँ खातामा रहेको जानकारी पाएपछि तत्काल वडाध्यक्षलाई जानकारी गराएको बताए । मृतकको ठेगाना वडा नम्बर ८ हो । 
समाचारले सामाजिक प्रतिष्ठामा आघात पुगेको र परिवारको मानहानी भएको कर्मको ठम्याई छ । 

 

यस विषयमा वडाध्यक्ष राम गुरुङसँग सम्पर्क गर्दा उक्त रकम बैंक खातामै रहेको पाइएको र सरोकारवाला निकायलाई नै फिर्ता पठाउन प्रक्रिया सुरु गरेको जनाएका छन् । 
 

 

वडाध्यक्ष गुरुङका अनुसार त्यस समय कोभिडको चरस त्रास रहेकाले ढिलो गरेर मृत्यु दर्ता भएको र पञ्जिकरण हेर्ने सचिवले समयमै जानकारी नपाएकाले त्यस्तो भएको हुनसक्ने बताएका छन् । 

 

‘मृतकको परिवारले भत्ता लिएका छैनन्’ गुरुङले भने ‘उहाँहरुमा पर्न गएको पीडाप्रति हामी पनि दुखी छौं ।’

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्

पोखरा:   सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ ।    उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्